मलाई याद राख्नु है

सम्झन लायक त केहि गरेको छैन तरपनि भोलि म रहुँला नरहुँला मलाइ याद राख्नु है

भोको पेट बोकेर भौतारिदा कुनै दिन म तिम्रो सामु आउँला नआउला खानेबेला मलाई याद राख्नु है

यो घडि भएको हातमा समय कहाँ छ र ?
पुग्न नसकुँला जानेबेला मलाई याद राख्नु है

तिम्रो नयाँ ठेगाना त मैले पत्ता लाउनै सकिंन
मेरो आँगनीबाट हिंड्दा मलाई याद राख्नु है

वाचा कसम त सम्झनामा होलान नहोलान
कसैसंग सात फेरा लिंदा मलाई याद राख्नु है

Comments