यहाँ भएका ब्लग पढेपछी तपाईंलाई लाग्ला 'भत्किएको दरबार' शीर्षक किन राखेको होला ? यो एउटा राज्य हो। जहाँ कसैले राज गरेको छ। राज गर्नेलाई अक्सर राजा नै भन्ने गरिन्छ। तर यहाँ राज गर्ने अरु नै कोहि छ जसको बसोबासको ठेगान छैन। ऊ बस्ने दरबार नै छैन र भएको दरबार पनि भत्किएको छ । टुक्राटुक्रा इट्टा र ढुङ्गाका जोडेर सिङ्गो दरबार बनाएझै शब्द शब्द जोडी मन जोड्ने नकाम्य प्रयास यहाँ गरिरहेको छु। यो भत्किएको दरबारमा खान लाउन त केहि नमिल्ला तर बिश्राम गर्ने थलो बनाउने मेरो चाहना छ।