बौलाहा











लाखौँ ताराहरु चम्किरहेछन
आफ्नै प्रकाशमा
पिलपिल पिलपिल गर्दै जिस्काइरहेछन
एक बौलाहालाई
जो तिनै तारामुनी बसेर
झरनाको खाल्डाबाट
धमिलो उज्यालोमा
तारा बनी चम्किने सपना बुनिरहेको छ
त्यही दृश्यको आकाशगङ्गामा
अनगिन्ती ताराहरुको बिचमा रिक्त स्थान खोज्दैछ
जहाँ तिमी र आफ्ना भनाउँदाहरुका लागि
पद रोज्दैछ
एक नक्षत्र बनाई
आफ्नो छुट्टै संसार बसाउन
त्यो आकाशगंगामा

सपनामै अल्झेर आफै तारा बन्न बिर्सेछ
जब अदिप्त भयो
अनि होसमा आयो
धेरै अबेर भएछ
बल्न सकेन
सहारा बिना चल्न सकेन
पर्खाईमै दिप बाल्नेको
बर्षौ बिते
तारा बन्न सकेन
जुनझै अदिप्त भएर पनि बल्न खोज्यो तर
सुर्यले झै ज्योती दिने कोहि आएन

तिमी आयौ झिनो आशा देखाएर
अगुल्टोको कोइला बोकेर
सुर्य झैं बल्न कहाँ सक्थ्यौ र
एक बटुवा बौलाहाको लागि
तिमी जुन खोज्न हिडेकी
अनि उ तारा बन्न बसेको
पर्खाई अझै जारी छ
दिप ल्याई बाल्नेको
कर्म अझैं भारी छ
पाइला चाल्न थाल्नेको

Comments