काल

तलाई लाग्ला तेरो जन्मदिन आयो नयाँ साल आयो 
याद राखेस तेरो एक साल खायो झन नजिक तेरो काल आयो 

वर्षौंसम्म जे खोजिस जसलाई खोजीस आज पाइस होला
तलाई लाग्ला क्या कमाल भयो क्या माल आयो
याद राखेस कमाल भयो झन नजिक तेरो काल आयो 

समारोह होला प्रमुख अतिथि त नै होलास तेरो लागि गित बज्ला
तलाई लाग्ला क्या स्वर छ यसले त बब्बाल गायो 
याद राखेस उसले शोकको गीत गायो झन नजिक तेरो काल आयो 

Comments