सम्झनामा आज केबल तिम्रो तस्वीर छ मसङ्ग अनि तिम्रा अमुल्य यादका टुक्राहरु । जब म मलाई हेर्छु तिमिलाइ ऐनाले हेरिरहेको हुन्छ यात मोबाइलको क्यामेराले । साच्चै तिमी कति परिवर्तन भैसकेछौ । सायद तिम्रो वरिपरको हावा पनि । केवल म अपरिवर्तित छु । तिमी अनि तिम्रा मित्रहरु सब सब आफ्नै दुनियामा छन । हिजोसम्म तिमिसङ्गै भाटाकुटी खेल्ने छिमेकी साथिहरु पनि अहिले काम परे मात्रै फोन गर्छन । अनि तिमिसङ्गै पढेका साथिहरुले पनि कहिल्यै तिमिलाइ फोन गरेको मलाइ याद छैन ।
लुकि लुकि सबैको प्रोफाइल हेर्दै गर्दा बिर्सिएर तिमिले फेसबूकमा मेसेज गरिहाल्यौ भने मात्र होला , सायद संवाद हुने । त्यो पनि उताबाट रिप्लाइ आए पो । ती सब यादहरुलाई एकतृत चाहिँ मैले गर्नुपर्ने । तिमिलाइ त के नै याद रहन्छ र ? धन्न म साथ छु र तिमिले सबैको अस्तित्व राखेका छौ । होइन क्यारे तिम्रो अस्तित्व रहेको छ ।
बेला बेलामा त तिमिले मलाई नै बिर्सिने गर्छौ । फेरि मैले नै घच्घच्याउनुपर्छ । म, तिम्रो सबथोक । कोहि नहुदाको तिम्रो साथी समस्या पर्दाको मार्गदर्शक तिमी हारेको बेला तिम्रो साहस अनि तिमी गलत हुदा सहि म । म हरेक तिमिभित्र छु। हो म तिमिमै छु । अनि तिमि म मा समाहित छौ । एकदिन यस्तो आउनेछ जब तिमी निष्कृय हुनेछौ । तिमी मलाई छोडी जानेछौ अनि म अर्कैैको भैसकेको हुनेछु । होइन क्यारे म तिमिलाइ छोड्नेछु।सदा सदाका लागि हामी अलग हुनेछौ । अनि कहिल्यै पाउने छैनौ तिमिले मलाई अनि मैले पनि।
फेरि एक नया जिवनको सुरुवात गर्नेछु अर्कै कोहिसङ्ग । तिम्रा सारा स्मृति थाती राखेर म अर्कैको भैसकेको हुनेछु । तिमी कुनै चितामा ढलिरहेको हुनेछौ, खरानी भैरहेको हुनेछौ या त माटोमा मिल्दै । म हेरिरहेको हुनेछु तिम्रो चिता......

good .keep it up
ReplyDelete������
ReplyDeleteWow😮😮
ReplyDeleteThank you and suggest your views
DeleteBeautiful... Keep it up
ReplyDeleteThank you😍
DeleteAreya wa😋🤔❤️😂
ReplyDeleteThank you dear reader
Delete